बागलुङ–२ (२) मा कांग्रेसका दोर्ण कुँवर विजयी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । बागलुङ–२ (२) मा नेपाली कांग्रेसका दोर्ण कुमार कुँवर विजयी हुनु भएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार ३३७ मतान्तरले पराजित गर्नु भएको हो । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत प्राप्त गर्नु भएको छ ।

नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २६४, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३१, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ३६, स्वतन्त्र नरबहादुर गुरुङले ३३६ र दुर्गादेवी घर्ती मगरले ४ मत प्राप्त गर्नु भएको छ ।

निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार २२७ मतदाता रहेकोमा २३ हजार ३३८ मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?