रोल्पा प्रदेश सभा १ माओवादीका जोखबहादुर महरा विजयी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी हुनभएको हो ।

उहाँले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराउनुभयो ।

एमालेका बुढाथोकीले ५ हजार ४०५ मत प्राप्त गर्नुभयो । संविधान सभा सदस्य रहेका महरा लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव हुनुहुन्थ्यो ।

दश वर्ष लामो सशस्त्र द्धन्दमा सुरुदेखि नै सहभागी भएका महरा पूर्व शिक्षक समेत हुनुहुन्थ्यो । उहाँ नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?