२४ घण्टे हृयाकथन ‘एस इग्नाइट’

Read Time = 2 mins

काठमाडौ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले ४८ घण्टे हृयाकथन ‘एस इग्नाइट’ आयोजना गरेको छ । नेपालका प्रतिभाशाली युवाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ ४८ घण्टे हृयाकथन ‘एस इग्नाइट’ आयोजना गरिएको आयोजकले जनाएको छ ।

कलेजकै प्रांगणमा सम्पन्न हृयाकथन यसप्रक्रारको हालसम्मकै पहिलो कार्यक्रम भएको आयोजकको दाबी छ । उपत्यकाभित्र र बाहिर गरी सयभन्दा बढी सहभागिता रहेको हृयाकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वल्र्डलिंक, माक्कुसेजस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको सहयोग रहेको थियो । इभेन्ट लिडर प्रज्वल श्रेष्ठले भन्नुभयो, ‘विभिन्न क्षेत्रका युवा प्रतिभाको क्षमता र समस्या समाधान गर्न उनीहरूले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउनेछ । हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भन्ने उनीहरूको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरूको उत्साहजनक सहभागिताले पक्कै पनि हृयाकथनलाई वास्तवमै सफल बनाएको छ ।’

एस इग्नाइटका प्रथम स्थान टिम यारस युनिका बज्राचार्य, अनुज क्षेत्री, अस्मित रजौरे, रुजल आचार्य, सुबन श्रेष्ठ, दोस्रो स्थान टिम पिएनपी वंशज पौडेल, नदिका पौडेल, क्रिश्विन पौडेल, महिमा ढकाल र तेस्रो स्थान टिम टेली टबिज सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधानांग, समिर श्रेष्ठ, आयुशराज पाण्डे रहनुभएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?