आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ सम्म संचालन हुने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । धादिङको उद्योग बाणिज्य संघको आयोजना हुने आठौँ धादिङ महोत्सव आगामी पुष ७ गतेदेखि १७ गतेसम्म संचालन हुने भएको छ । कोरोनाका कारण विगतका ३ वर्षमा हुन नसकेको महोत्सव यस वर्ष हुन लागेको हो । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गत शनिवार धादिङवेशीमा बसेको संघको कार्यसमिति वैठकले विभिन्न २३ वटा विषयगत उपसमितिहरु समेत निर्माण गरेको छ ।

धादिङ उद्योग बाणिज्य संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगत उपसमितिहरुले शनिवारबाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो । महोत्सव धादिङवेशीको खुल्लामञ्चमा संचालन हुनेछ । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख जनाले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
यस्ता छन् आठौ धादिङ महोत्सवका उद्देश्यहरु

-प्रदर्शनीबाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने
-स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
-घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउने ।
-घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
-निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने ।
-यस जिल्ला तथा आसपासका अन्य पर्यटकिय स्थलहरुको बिकास र बिस्तारमा टेवा पुर्‍याउने
-स्थानीय बजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
-उत्पादक र उपभोक्तावीच प्रत्यक्ष अन्तरकृया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने ।
-कृषि पेशालाई व्यवसायिक रुपमा बिकास गराउन सहयोग गर्ने ।
-आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
-लोप हुन लागेका स्थानियकला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
-बिभिन्न जात जातीबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
-लगानीका अवसरहरुको सृजना गर्ने

महोत्सवका मुख्य आकर्षणहरु
-जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
-कृषिप्रदर्शनी
-साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्री वितरण
-विविध साँस्कृतिक प्रदर्शनी
-पर्यटन प्रवर्द्धन सम्वन्धी विविध कार्यक्रमहरु
-स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
-हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
-राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
-खनिज जन्य वस्तुको प्रदर्शनी तथा विक्री
-जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
-आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
-इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री/सूचना प्रविधी सम्बन्धी जानकारी
-अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
-रमाईलो मेला/वाल उद्यान
-हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राष्ट्र बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान शहरीकरणसँगै खुम्चिँदै कागको बासस्थान, बस्तीमै गुँड बनाउन बाध्य (तस्बिरहरु) सरकारद्वारा १० निर्माण कम्पनी कालोसूचीमा कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो ट्राफिक प्रहरीले भन्यो : गणेश नेपालीलाई कुनै पनि जरिवाना गरेका छैनौं कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा गणेश नेपालीको स्वास्थ्य अवस्थास्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सककाे… कति छ आज तरकारी तथा फलफूलको भाउ ? (सूचीसहित)