आठौँ धादिङ महोत्सव पुष ७ देखि १७ सम्म संचालन हुने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । धादिङको उद्योग बाणिज्य संघको आयोजना हुने आठौँ धादिङ महोत्सव आगामी पुष ७ गतेदेखि १७ गतेसम्म संचालन हुने भएको छ । कोरोनाका कारण विगतका ३ वर्षमा हुन नसकेको महोत्सव यस वर्ष हुन लागेको हो । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गत शनिवार धादिङवेशीमा बसेको संघको कार्यसमिति वैठकले विभिन्न २३ वटा विषयगत उपसमितिहरु समेत निर्माण गरेको छ ।

धादिङ उद्योग बाणिज्य संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगत उपसमितिहरुले शनिवारबाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो । महोत्सव धादिङवेशीको खुल्लामञ्चमा संचालन हुनेछ । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख जनाले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
यस्ता छन् आठौ धादिङ महोत्सवका उद्देश्यहरु

-प्रदर्शनीबाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने
-स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
-घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्याउने ।
-घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
-निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने ।
-यस जिल्ला तथा आसपासका अन्य पर्यटकिय स्थलहरुको बिकास र बिस्तारमा टेवा पुर्‍याउने
-स्थानीय बजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
-उत्पादक र उपभोक्तावीच प्रत्यक्ष अन्तरकृया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने ।
-कृषि पेशालाई व्यवसायिक रुपमा बिकास गराउन सहयोग गर्ने ।
-आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
-लोप हुन लागेका स्थानियकला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
-बिभिन्न जात जातीबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
-लगानीका अवसरहरुको सृजना गर्ने

महोत्सवका मुख्य आकर्षणहरु
-जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
-कृषिप्रदर्शनी
-साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्री वितरण
-विविध साँस्कृतिक प्रदर्शनी
-पर्यटन प्रवर्द्धन सम्वन्धी विविध कार्यक्रमहरु
-स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
-हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
-राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
-खनिज जन्य वस्तुको प्रदर्शनी तथा विक्री
-जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
-आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
-इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री/सूचना प्रविधी सम्बन्धी जानकारी
-अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
-रमाईलो मेला/वाल उद्यान
-हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?