ग्रिनफिल्ड र गोल्डेन पिक क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनफिल्ड र गोल्डेन पिक १५ औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । ग्रिनफिल्डले टिआइएलाई ३४-२० ले पराजित गर्‍यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गर्नुभयो । गोल्डेन पिकले एनसिसिएसलाई २४-१६ ले हरायो । विजेताका सुशील गिरीले नौ अंक जोड्नुभयो । सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८-१० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । पृथ्वीकी बबिता घिमिरेले ६ अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले बिएमसीलाई ४२-२०, गोल्डेन पिकले भद्रकालीलाई ५२-२६ तथा सैनिकले मनासलुलाई ४१–१५ ले पाखा लगाउँदै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबिएका आयुश राई र सौगात खत्रीले १३-१३, गोल्डेन पिकका विजय तामाङले पाँच र सैनिकका कुशल पौडेलले १७ अंक जोड्नुभयो ।

अन्य प्रतिस्पर्धामा हिमालयन किङडमले स्किब्सलाई ३३-३२ तथा युनिभर्सिटीले स्कोलर्स होम एकेडेमीलाई २५-१८ ले पन्छाए । हिमालयनका साङ्गु तामाङले २३ तथा युनिभर्सिटीका सुरज पासवानले १२ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?