यती एयरलाइन्सका बम्पर विजेता कुनाल

Read Time = 2 mins

काठमाडौं । यती एयरलाइन्सको चाडपर्व उडान अफरअन्तर्गत सञ्चालित ‘यतीमा मंगलमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जित्नुभएको छ । विष्टले यमाहा कम्पनीतर्फबाट दुई लाख ८६ हजार नौ सय रुपैयाँ मूल्य बराबरको यामाहा रे जेड आर स्कुटर प्राप्त गर्नुभएको छ । विष्टले भद्रपुर-काठमाडौं उडान गर्नुभएको थियो ।

दोस्रो पुरस्कार दिपक थापाले बालाजी डाइमण्डतर्फबाट ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गर्नुभएको छ । उहाँले भैरहवा–काठमाडौं उडान गर्नुभएको थियो ।

तेस्रो पुरस्कार पोखरा-काठमाडौं उडानकी कल्पना गुरुङले ५९ हजार नौ सय ९९ रुपैयाँबराबरको यसुदा वासिङ मेसिन प्राप्त गर्नुभएको एयरलाइन्सले जनाएको छ । यती एयरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै असोज १० देखि कात्तिक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई कार्यक्रममा सहभागी गराएको थियो ।

सो अवधिमा एक लाख १७ हजार पाँच सय ३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले यती एयरलाइन्सलाई माया गरेर यात्रा गरेकोमा सम्पूर्ण यात्रुलाई धन्यवाद दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?