विश्वकपको समूह चरणबाटै बाहिरियो जर्मनी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फिफा विश्वकप फुटबलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ ।

अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो ।

स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन ।

समूह ईमा रहेका यी चार टोलीबाट अब जापान र स्पेन अर्को चरणमा प्रवेश गरेका छन् । जर्म्मानी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो । जर्मनीले ३ खेलमा ४ अंक जोड्यो ।

यस समूहमा स्पेन ४ अंक जोडेपनि गोल अन्तरमा अघि रहँदै दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको छ । कोस्टारिका ३ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?