पोखरामा पनि सजिलो सेवा

Read Time = 2 mins

पोखरा । नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा पनि सेवा विस्तार गरेको छ । सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवा जस्तै प्लम्बिङ, इलेक्ट्रिकलदेखि होम सलुनसम्म एकै ठाउँमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सन् २०१७ देखि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा आएर ५० हजारभन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलोपटक उपत्यकाबाहिर सेवा विस्तार गरेको हो ।

कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविशभक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवालाई रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ भने हाल दुई सय ५० भन्दा धेरै सेवाग्राहीमार्फत् ५० भन्दा धेरै सेवा प्रदान गर्दै आएको छ ।

सजिलो सेवा पोखराका प्रमुख विमल बास्तोलाका अनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउनेछ । अहिले नै ४० जनाले आफूलाई सेवामा दर्ता गरिसकेको बास्तोलाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?