राउफले दोस्रो टेस्ट गुमाउने

Read Time = 1 min

लण्डन । पाकिस्तानका बलर हरिस राउफले इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट गुमाउने हुनुभएको छ । पहिलो टेस्टको दौरान बोकेको चोटका कारण राउफले दोस्रो टेस्ट गुमाउने हुनुभएको हो ।

पहिलो टेस्टमा फिल्डिङ गर्ने क्रममा उहाँको दाहिने फिलामा चोट लागेको थियो । २९ वर्षीय बलरले पहिलो टेस्टमा मात्र एक विकेट लिनुभएको थियो । घरेलु टोलीले पहिलो टेस्टमा इंग्ल्याण्डसँग ७४ रनको हार बेहोरेको थियो । पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट मुल्तानमा शुक्रबार सुरु हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?