युजीवेष्ट विद्युतीय स्कुटर नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । युजीवेष्ट ब्राण्डको आर ३ र आर ३ प्रो विद्युतीय स्कुटर नेपालमा भित्रिएको छ । ग्लोबल सेभेन प्रालिले काठमाडौं उत्तरढोकामा आफ्नो पहिलो शोरुमबाट युजीवेष्टका स्कुटरको बिक्री सुरु गरेको छ । युजीवेष्ट आर ३ मा चार किलोवाटको मोटर रहेको छ भने ६० भोल्ट ४० एएचको लिथियम आयन ब्याट्री रहेको छ ।

यो स्कुटरलाई एकपटक फुल चार्जमा सय किलोमिटरसम्म गुडाउन सकिन्छ । आर ३ प्रोमा भने डबल ब्याट्री अप्सन रहेको छ । जसलाई फुल चार्ज गरेर दुई सय किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । आर ३ प्रोमा फास्ट चार्जिङ सुविधासमेत रहेको छ जसलाई एक घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

एकदमै स्पोर्टी डिजाइन भएको इलेक्ट्रिक स्कुटरको दुवैतर्फ डिस्क ब्रेकका साथै फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलइडी लाइट्सलगायतका फिचर रहेका छन् । आर ३ को मूल्य तीन लाख ८० हजार रुपैयाँ र आर ३ प्रोको मूल्य पाँच लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले बिहीबारदेखि दुवै स्कुटरको बुकिङ खुला गरेको छ । स्कुटर बुकिङ शुल्क चार हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने बुकिङ भएको स्कुटर २०२३ को जनवरी अन्तिमसम्ममा डेलिभरी हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?