सेनाका पूर्व बलाधिकृत रथि महत झुण्डिएको अवस्थामा मृत भेटिए

Read Time = 1 min

काठमाडौं । नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका हुन् ।

महतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?