हस्तकलाका ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

Read Time = 3 mins

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाका १० कलाकारलाई सम्मान गरिएको आयोजकले जनाएको छ । महासंघले ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई राष्ट्रव्यापी सम्मान गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष प्रचण्ड शाक्यले सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेमा माटोजन्य कला विधातर्फ तहाननी भक्तपुरका ८२ वर्षीय तुल्सीबहादुर प्रजापती, कताँ ज्या विधातर्फ आल्को ललितपुरका ८० वर्षीय धनकाजी शाक्य, कालष्ठकला विधातर्फ बुङमतीका ८० वर्षीय मुनिराज ब्रहृमचार्य, जडाउ कलातर्फ बौद्धकी ७७ वर्षीया भुवनलक्ष्मी शाक्य तथा सुनचाँदीजन्य कलातर्फ ढल्कोका ७४ वर्षीय प्रा. स्वस्तिरत्न शाक्य हुनुहुन्छ ।

पत्थरजन्य कलातर्फ खाँछे ललितपुरका ७४ वर्षीय मीनराज शाक्य, ढलोट कलातर्फ पोखराका ७३ वर्षीय विष्णुप्रसाद बराल, माज्यो कलातर्फ क्षेत्रपाटीका ७३ वर्षीय मोतीबहादुर ताम्राकार, थान्कातर्फ हिलेदेवी रामेछापका ७१ वर्षीय धोर्जे लामा र तामाका भाँडाकुँडातर्फ चक्रबहिल ललितपुरका ७१ वर्षीय दिलमोहन ताम्राकार सम्मानित हुनुभएको महासंघले जनाएको छ ।

सो अवसरमा संस्कृति संरक्षण गर्ने उद्देश्यले कलाकारहरूलाई नेवारी परम्परा र संस्कृतिअनुसार सगुन दिई खादा ओढाइनुका साथै ताम्रपत्र र प्रतिव्यक्ति औषधि उपचार खर्चबापत चार हजार रुपैयाँसमेत प्रदान गरिएको छ । होटल हायातमा शुक्रबार सुरु भएको मेला मंगलबारसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?