काभ्रेको बेथानचोकमा बस दुर्घटना : दर्जनबढी यात्रु हताहत

Read Time = 1 min

काठमाडौं । जिल्लाको बेथानचोक गाउँपालिका ४ मा बस दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेतिर बा ३ ख ४३८५ बस दुर्घटना भएको हो ।

बेथानथोककै च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएका यात्रु लिएर पनौती फर्किदै गरेको रिजर्भ बस दुर्घटना परेको हो ।

दर्जनबढी यात्रु हताहत भएको अनुमान गरिएको छ । घाइतेलाई उद्दार गरि धुलिखेल अस्पताल पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?