नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने अन्तिम तयारी

Read Time = 2 mins

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिलाई हटाउने अन्तिम तयारी थालेको छ ।

३० वर्षे सेवा अवधि हटाउने प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । गृह मन्त्रालयले सेवा अवधि हटाउने प्रस्ताव अर्थमा पठाएको थियो । सो प्रस्तावमा ‘सर्त’ सहित सहमति प्रदान गरिएको स्रोतले बतायो ।

नयाँ सरकार नबन्दै नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने गरी ३० वर्षे सेवा अवधि हटाउन लागिएको स्रोतको दाबी छ । ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गर्ने गरी सर्त रहेको स्रोतको दाबी छ ।

अर्थबाट सहमति आएको प्रस्ताव अनुसार जागिर अवधि ३० वर्ष पुरा भए पनि ५८ वर्ष पुरा नहुँदासम्म आईजीपी अवकाशमा जाँदैनन् ।
अर्थ मन्त्रालयबाट सो सर्तसहित पास भएको प्रस्ताव गृह मन्त्रालयमा गएको छ । गृहबाट सो प्रस्ताव कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस हुनुपर्छ ।

यद्यपि गृहमन्त्रालय ३० वर्षे सेवा अवधि हटाउने पक्षमा नभएको स्रोतले बतायो ।

मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएर सेवा अवधि हटाउने तयारी छ ।

केही दिनदेखि आइजिपी बनाउने वा अहिलेकैलाई निरन्तरता दिने भन्ने विषयमा नेपाल प्रहरीको हेड क्वाटरदेखि बालुवाटारसम्म अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?