भ्वाइस अफ नेपालमा पदम राईलाई जिताउन खोटाङमा अभियान

Read Time = 3 mins

खोटाङ । द भ्वाइस अफ नेपाल सिजन–४’का प्रतिष्पर्धी पदम राईलाई जिताउनका लागि खोटाङमा अभियान थालिएको छ । ‘द भ्वाइस अफ नेपाल सिजन–४’को टप आठमा पुगेका राईलाई जिताउनका लागि जिल्लाका युवाले अभियान थालेका हुन् । केपिलासगढी गाउँपालिका–३ बासपानीका युवा प्रताप राईको अगुवाईमा जिल्लामा ‘पदम राई जिताऔं’ अभियान थालिएको हो । ‘पदम राई जिताऔं’ अभियानमा आवद्ध राईले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै जिल्लामा अभियानको थालनी गरिएको जानकारी दिनुभएको छ ।

जिल्लामा प्रताप सहित, डिल्ली देवान, गणेश राई, पवन श्रेष्ठ, मदन श्रेष्ठ, गणेश नाछिरिङ, प्रकाश दुमी, मदन दुमी लगायतको टोलीले ‘पदम राई जिताऔं’ अभियान सञ्चालन गरिरहेका छन् । ताप्लेजुङका पदम हाल कोच राजेशपायल राईको टिमबाट द भ्वइस अफ नेपालको टप फोर्थका लागि प्रतिष्पर्धामा छन् । पदमलाई आगामी शुक्रबारसम्म नगद वा खल्ती एप्समार्फत भोट दिन सकिने प्रतापले बताउनुभयो ।
पदमले द भ्वइस अफ नेपाल जिते खोटाङका कोच राजेशपायलको जीत हुने अभियानको भनाई छ । ‘खल्ती एप्स डाउनलोड गरेर वा नगद सहयोगमार्फत धेरैभन्दा धेरै भोट दिएर पदम राईलाई द भ्वाइस अफ नेपालमा जिताउन अनुरोध छ,’ प्रतापले भन्नुभयो, ‘पदमको जित भनेको टिम कोच राजेशपायल राईको जीत हो, खोटाङको जीत हो ।’ पदमको भोटिङ कोड ६ रहेको छ ।

प्रतापका अनुसार खल्ती एप्सले ५० रुपैयाँको १० वटा, १०० रुपैयाँको २५ वटा, १७५ रुपैयाँको ५० वटा र ३ हजारको १ हजार भोट खरिद गर्न सकिन्छ । अहिले जिल्लाको मुख्य मुख्य बजार तथा चोकहरुमा ब्यानर टाँग्ने काम धमाधम भइरहेको छ ।
क्याप्सन ः ‘पदम राई जिताऔं’ अभियानको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रताप राई ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?