अवतार हेरिरहँदा दर्शकको निधन

Read Time = 1 min

मुम्बई । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो ।

चिकित्सकका अनुसार उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् । चिकित्सकले फिल्म हेरिरहँदा उनमा अति उत्साह भएपछि हृदयघात भएको थियो ।

लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् । फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पुर्‍याइएको थियो । जहाँ चिकित्सकले उनको निधनको घोषणा गरेको थियो ।

सन् २००९ मा पनि ताइवानमा एक ४२ वर्षे व्यक्तिको ‘अवतार’ हेरिरहँदा हृदयघातका कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?