सुुनचाँदी व्यवसायका समस्या आयोगमा

Read Time = 1 min

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले राष्ट्रिय योजना आयोजमा सुनचाँदी व्यवसायका विविध पक्षलाई समेटेर तयार गरिएको कार्यपत्र प्रस्तुत गरेको छ । महासंघ अध्यक्ष माणिकरत्न शाक्य र विज्ञ रघुवीर विष्टले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । कार्यपत्रमा सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि आगामी दिनमा नीतिगतरूपमा समेट्नुुपर्ने विषय समावेश छन् ।

भारतको नीति आयोगले तयार गरेको कार्ययोजना र त्यसको मर्र्म पनि कार्यपत्रमा समेटिएको छ । महासंघका अनुसार नेपालको सुनचाँदी व्यवसायका चुनौती र अवसर नामक सो कार्यक्रममा सुनचाँदी क्षेत्रका लागि राज्य र निजी क्षेत्रबाट गर्नुपर्ने कार्यलाई समेटिएको छ । सो अवसरमा योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा. दिलबहादुर गुरुङलगायत आयोगका अन्य अधिकारीहरूको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?