महालक्ष्मीको महिला सशक्तीकरण कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । ‘युवासँग-महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले सोमबार चितवनको सौराहमा एक कार्यक्रमबीच उक्त कार्यक्रम उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा देशभरबाट शाखा/उपशाखा प्रमुख र अधिकृतसमेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । अध्यक्ष शर्माले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले समाजमा पिछडिएका तथा आर्थिकरूपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकाले उनीहरूलाई अघि बढाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावबारेमा जानकारी गराउनुभयो । आव २०७९/०८० भित्र परीक्षणका रूपमा ३० जिल्लामा कार्यक्रम सञ्चालन गरिने र कार्यक्रममार्फत् ६० महिलालाई प्रत्यक्ष रोजगारी र तीन हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?