हुम्लामा चिसोले पानीको धारामा बरफ जम्न थाल्यो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। यो वर्ष बुधबारसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको हो । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ ।

बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको सिमकोटका सिमकोटका स्थानीय माया लामाले बताउनुभयो । यस्तै उत्तरी भेगको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जम्ने गरेको हो ।

दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको छ । यस्तै उत्तरी चीनको सिमानाका हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी रहँदै आएका छन् ।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकी यसअघि नै सदरमुकाम फिर्ता भएको छ । भने सशस्त्र मात्रै सिमा सुरक्षामा रहँदै आएको छ । मंसिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गर्दछन् ।

हिल्सामा बिओपी स्थापना भएसँगै सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको छ । पुस र माघ दुई महिना हुम्लामा अत्यािधक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ ।

तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?