स्थिरताका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाउनु राम्रो हुन्छ : अध्यक्ष लिङदेन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको गठबन्धनले बनाएपनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताउनु भयो । उहाँले पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि बताउनु भयो । उहाँले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताउनु भयो । अध्यक्ष लिङदेनले अबको सरकार हिजोको सरकार जस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भनेजस्तो साथीहरु अझै ल्याउन सकिएन । हामी आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर छौँ । देश र जनताको हीतमा आफ्नो भुमिका हिजो भन्दा आज अझ सशक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार निर्माणको प्रक्रियामा आफूलाई अघि सारेको छैन । नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनोओस् भन्ने छ स्थिरताको लागि । नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ । हामी सरकारमा जान अकारण समर्थन गर्दैनाैँ । सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ । अब सरकार बन्दा हिजोको अवस्थामा फरक बन्नुपर्छ । सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंगका हिसावबाट सरकार बन्नुपर्छ । त्यो ढंगमा मात्रै समर्थन हुन्छ ।’

अध्यक्ष लिङदेनले सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंग काम गरेमात्रै आफ्नो समर्थन रहने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?