रत्नराज्य क्याम्पसमा झडपः ४ जना विद्यार्थी नेता घाइते

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा ४ जना विद्यार्थी नेताहरु घाईते भएका छन् ।
स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियूका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।

रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले बताउनु भयो ।

उहाँले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताउनु भयो । घाइतेहरुको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आरआर क्याम्पस अनेरास्ववियूको अध्यक्ष मदन भण्डारीको खुकुरी हानेर गभीर अवस्था छ । कमिटीका उपाध्यक्ष लोकेश खड्का, हर्क बोहरा, रवि मगरलगायतका साथीहरु मेलमिलाप गराउन जाँदा उहाँहरुमाथि नै खुकुरी प्रहार भयो । यिनीहरुलाई राज्यले छोड्नु हुँदैन । उनीहरुलाई पढीरहेका छन् भने निलम्वन गर्ने, छैनन् भनेपनि कारबाही गर्नेकुरा अघि बढाउने छौँ । ४ जना समातिएको छ, एकजना द्रुतराज लामा भन्नेले हान्यो भन्ने नाम आएको छ । आरआर क्याम्समा छैनन्, कुनै कमिटीमा छैनन् ।’

सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताउनु भयो । उहाँले आरआरमा खुकरी प्रहार गर्नेहरु रहेको खण्डमा निलम्व गर्ने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?