शपथग्रहण १६ पुस र अधिवेशन १८ पुसमा बोलाउने गरी लुम्बिनी मन्त्रिपरिषदकाे सिफारिस

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथग्रहण यही पुस १६ गते हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई पुस १६ गते शपथग्रहण गराउनको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरुको शपथग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने गरी सिफारिश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीहरुलाई बताउनु भयो।

यस्तै सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको समेत जानकारी दिनु भयो।

लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सपथग्रहण गराउने गरी तयार भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?