सिँजा गाउँपालिकामा ‘फाेर जी’ सेवा विस्तार

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिँजा गाउँपालिका-४ मा नेपाल टेलिकमकाे फाेर जी सेवा विस्तार भई संचालनमा आएकाे छ । गाउँमै फाेर जी सेवासहितको इन्टरनेट र टेलिफोन संचालनमा आएपछि सिंजाका स्थानीयवासि देखि स्थानीय तहलाई काम गर्ने राहत पुगेको सिंजाका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । इन्टरनेट सेवा नहुदा यहाँका नागरिकलाई निकै सकस भएको थियो ।

विभिन्न सुचना प्रवाह गर्ने नागरिक सम्म थाहा पाउनका लागि टेलिकमको फाेर जी सेवा विस्तार गरेको अध्यक्ष धितालले बताउनुभयाे," फोरजी विस्तारले श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा राखिएको छ । गाउँपालिका भित्र रहेका नागरिकलाई सुचना थाहाँ पाउनको लागि मात्रै नभइ देश तथा विदेशका समसामयिक घटना बारे पनि जानकारी लिनका लागि इन्टरनेट आजकाे आवश्यकता हाे । घरबाट बाहिर गएका आफन्त संग पनि कुराकानी गर्नका लागि यो सेवा सञ्चालनमा ल्याएको अध्यक्ष धितालकाे भनाइ छ ।

पालिकाकाे सबै वडामा फाेर जी सेवा राम्रोसँग संचालनमा आएपछि यहाँका सर्व साधारणलाई निकै राहत पुगेको स्थानीयवासि बताउँछन् । पालिकामै इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्ना र अनलाइन बाट कक्षा लिन यहाँका विद्यार्थीलाई समेत सजिलो भएको अध्यक्ष धितालले जानकारी दिनुभयो । यसअघि घाम नलागे पछि, पानी पर्दा पनि फोनमा समस्या हुने गरेको थियो ।

अध्यक्ष धितालकाे विशेष पहलमा टावरमा साैर्य व्याट्री समेत जडान गरेर अब जुनसुकै परिस्थितिमा पनि फोन सेवा सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो । सिंजा गाउँपालिकाकाे साझेदारीमा नेपाल टेलिकमकाे लगानीमा फाेर जी सेवा संचालनमा ल्याएकाे नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका इन्जिनियर चन्द्र भुषण शाहले जानकारी दिनुभयो ।

वायुउर्जाको विद्त जडान साे टावरमा गरिएको इन्जिनियर शाहले बताउनुभयो । इन्टरनेट सेवा संचालनमा आएदेखि फोन गर्न र इन्टरनेट चलाउन पाउँदा सिँजावासीमा खुसियाली छाएको स्थानीयवासि उमेश बुढाले जानकारी दिनुभयो । साे टावरले सिजाकाे कनकासुन्दरी र हिमा गाउँपालिकाकाे केही स्थान सम्म काम गरेको सिंजा गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?