खैरो हिरोइनसहित कञ्चनपुरबाट दुई जना पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

महेन्द्रनगर । कञ्चनपुरबाट खैरो हिरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भतरबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन् ।

मनोजको साथबाट १।०२ ग्राम र सुरजबाट २.७७ ग्राम खैरो हिरोइनसहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?