अर्घाखाँचीमा ६० वर्षीया महिला मृत फेला

Read Time = 1 min

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा ६० वर्षीया महिला मृत फेला परेकी छन् ।

शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दुध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएको हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?