भारतीय र नेपाली कलाकारको अभियनमा ‘अगस्त्य’ निर्माण हुने

Read Time = 1 min

काठमाडौंं । चलचित्र ‘अगस्त्य’ बन्ने भएको छ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको हो । डार्क हर्स इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लाग्नुभएको हो ।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने चलचित्र सस्पेन्स थ्रिलर विषयमा निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । चलचित्रको दुवै पार्टको लेखन निर्देशक सौरभ आफैँले गर्नुभएको हो ।

नेपाल र भारतमा बराबर जस्तो छायांकन हुने चलचित्र आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभले बताउनुभयो । राजेश श्रेष्ठको छायांकन रहने चलचित्र वैशाखको अन्तिमबाट सुरु हुने बताइएको छ । सौभरले यस अगाडि चलचित्र ‘लभ डायरिज’ निर्देशन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?