रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमाले प्रवेश गर्नुभएको छ । सोमबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई खाँदा ओढाएर टीका लगाई पार्टीमा स्वागत गर्नुभएको हो ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पूर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै सात हजार मतको अन्तरले पराजित गरी विजयी हुनुभएको थियो ।

२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका उहाँ गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?