सरकारमा जाने नजानेबारे एकीकृत समाजवादी निष्कर्षविहीन, निर्णय गर्ने जिम्मा सचिवालयलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन बनेको छ ।
सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय नेकपा एसले गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

खतिवडाले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताउनु भयो । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ ।

केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू हुनु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?