भारतीय विदेशमन्त्रीको आरोपः एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास भयो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउदै बेइजिङको आलोचन गरेका छन् ।

अस्ट्रेलियाको जेडआईबी२ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता थियो, जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा, धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ ’, उनले भने ।

एलएसीको पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत-चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।

‘मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ । चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं’, उनले भने । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?