खोटाङ । खोटाङको जनजागृति माध्यमिक विद्यालयले उत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कार पाएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेलको सोल्मास्थित डाँडागाउँमा रहेको विद्यालयले प्रदेश भित्रका सामुदायिक विद्यालयहरु मध्येमा ‘उत्कृष्ट व्यवस्थापन विद्यालय’को पुरस्कार पाएकाे हाे ।
प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रममा जिल्लाबाट मूल्याङकनमा सहभागी भएका विद्यालयहरु मध्ये उत्कृष्ट व्यवस्थापन भएको सफल सामुदायिक विद्यालयको रुपमा उक्त विद्यालयलाई पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार बिराटनगरस्थित इस्टर्न स्टार होटलमा कार्यक्रम गरी विद्यालयलाई १४ लाख ५० हजार नगदका साथमा ट्रफी र सम्मान पत्र प्रदान गरेको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई र सामाजिक विकास मन्त्री राजन राईले विद्यालयका प्रवन्ध निर्देशक सुर्य राई र प्रधानाध्यापक सविता ढकाललाई पुरस्कार प्रदान गर्नु भएको थियाे ।
शुभद्रा-मदन फाउण्डेसनको सहयोगमा २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानको रुपमा जीवन उपयोगी शिक्षा सञ्चालन गर्दै आएको पूर्ण आवासीय विद्यालयमा कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र हुबहु व्यवहारमा उतार्दै आएको छ ।
नेपालकै नमुना विद्यालयको रुपमा स्थापित भईरहेको उक्त विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विद्यार्थीहरु पूर्ण आवासीय रुपमा बसेर सैद्धान्तिक र प्रयोगात्मक अध्ययन/अनुसन्धान गरिरहेका छन् ।
मुलतः ब्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षा अन्तर्गत १२ सय रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा गाई, भैंसी, बंगुर,बाख्रा, कुखुरा, परेवा, माछा, घोडा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन/खान, भाडाकुंडा माझ्न, गाडी, कम्प्युटर बनाउन/चलाउन, कपडा सिलाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्ने लगायतका शिक्षा दिंईदै आएको छ ।
मानव जीबनसँग प्रत्यक्ष जोडिएको विद्यालयलाई छिट्टै ‘मानव स्कुल’को रुपमा नामाकरण गर्ने तयारी समेत भईरहेको प्रवन्ध निर्देशक राईले बताउनुभयो । व्यापक चर्चा कमाई सकेको विद्यालय भ्रमण तथा अवलोकन गर्न मात्रै देश विदेशबाट सयौं मानिसहरु आउने गरेका छन् । नेपालका विद्यालयहरुले शैक्षिक भ्रमणको पहिलो गन्तब्य नै यहि विद्यालयलाई बनाउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच