भोजपुरमा खाद्य स्वच्छता कायम गर्न होटल ब्यवसायीलाई तालिम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले खाद्य स्वच्छता कायम गर्न भोजपुरका होटल ब्यवसायीलाई तालिम प्रदान गरेको छ ।

भोजपुरमा रहेका होमस्टे, होटल र क्यानटिन संचालकहरुका लागि बिहिवारबाट दुई दिने खाद्य स्वच्छता सम्वन्धी तालिम सुरु गरेको हो । खाद्य व्यावसायीहरुलाई खाद्य स्वच्छता कायमका बिषयमा जानकारी गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षक उज्जवल कोइरालाले जानकारी दिनु भयो ।

भोजपुर उद्योग बाणिज्य संघको समन्वयमा भएको तालिमको उद्घाटन संघका जिल्ला अध्यक्ष कर्ण मोक्तानले गर्नु भएको थियो । स्वच्छ र सन्तुलित आहार नै स्वच्छ जीवनको आधार भएकाले यस तर्फ सवै सचेत रहनु पर्ने अवस्थामा होटल ब्यवसायीका लागि संचालन गरिएको दुई दिने तालिम प्रभावकारी भएको अध्यक्ष मोक्तानको भनाई छ ।

तालिममा खाद्य स्वच्छता, यसका चरणहरु, खाद्य जोखिम लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराईने खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिनु भयो । सहभागीहरुलाई डिभिजन कार्यालयका प्रमुख आनन्द डंगोल, खाद्य निरीक्षक सुशील कोइराला र खाद्य निरीक्षक उज्जवल कोइरालाले स्वच्छताका बिषयमा अभिमुखीकरण गर्नु हुने छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?