क्रिस्टल प्यालेसमाथि टोटेनहमको सानदार जित

Read Time = 3 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा टोटेनहमले क्रिस्टल प्यालेसमाथि ४-० को सानदार जित हात पारेको छ । टोटेनहमको जितमा केनले दुई तथा माट दोहर्थी र हृयुङ मिन सनले समान एक-एक गोल गर्नुभयो । ४८औँ मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाउनुभयो । ५३औँ मिनेटमा ब्रायन गिलको पासमा केनले दोस्रो गोल गर्नुभयो । ६८औँ मिनेटमा माट दोहर्थीले तेस्रो र ७२औँ मिनेटमा दक्षिण कोरियाली फरवार्ड हृयुङ मिन सनले तेस्रो गोल गर्नुभएको थियो ।

यस जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर पाँचौँ स्थानमा यथावत् रहेको छ । टोटेनहमले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी २ मा छोट्याएको छ ।

एक खेल कम खेलेको युनाइटेडको ३५ अंक छ । पराजित क्रिस्टल प्यालेस १७ खेलबाट २२ अंक जोडेर १२औँ स्थानमा यथावत् छ ।
यता, इटालियन सिरी ‘ए’ मा नेपोलीले हार बेहोर्‍यो । उसले इन्टरमिलानसँग १-० को हार बेहोरेको हो । इन्टरका लागि बोस्निया हर्जगोभिनाका फरवार्ड इडेन जेकोले ५६ औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।

यस हारपछि शीर्षस्थानमा रहेको नेपोलीको १६ खेलबाट ४१ अंक छ । नेपोलीले १३ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । नेपोलीलाई हराएको इन्टर १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा रहेको छ । दोस्रोमा रहेको एसी मिलानको ३६ तथा तेस्रोमा रहेको युभेन्ट्सको ३४ अंक छ ।

यस्तै, अर्काे खेलमा क्रेमोनेसेलाई १-० ले पराजित गर्दै युभेन्ट्सले सिरी ‘ए’ मा लगातार सातौँ जित दर्ता गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयको पहिलो मिनेटमा एर्काडिअस्ज मिलिकले फ्रिकिकमा सानदार गोल गर्दै युभेन्ट्सलाई महत्वपूर्ण ३ अंक दिलाउनुभयो । यस जितसँगै युभेन्ट्स १६ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । पराजित क्रेमोेनेसे ७ अंक जोडेर १९औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?