उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकी राजदूतको भेट

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल-अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ ।

एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?