इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका लागि खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता इनास इन्टरप्राइजेजको सहयोग र अपी स्पोर्ट्स ब्याडमिन्टन एकेडेमीको आयोजनामा यसै साता इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । योनेक्स सनराइज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू-१५, यू-१३ र यू-११ छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा गराइने इनासका प्रोपाइटर राजु बास्तोलाले जानकारी गराउनुभयो । लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराइजमार्फत् प्रायोजन तथा खेलाडीहरूलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई प्राथमिकतामा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह-प्रायोजन रहेको च्याम्पियनसिप पुस २८ देखि ३० गतेसम्म वसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुनेछ । च्याम्पियनसिपमा करिब १५० खेलाडीहरूको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताउनुभयो ।

च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरूले मेडल, ट्रफी प्रमाणपत्रका साथ यू-१५ तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाइनलिष्टले एक हजार ५०० प्राप्त गर्नेछन् ।
यस्तै, यू–१३ तर्फ प्रथमले सात हजार, द्वितीयले पाँच हजार, तृतीयले तीन हजार, क्वाटरफाइनलिष्टले दुई हजार र प्रिक्वाटरफाइनलिष्टले एक हजार २०० प्राप्त गर्नेछन् । यू–११ तर्फ प्रथमले चार हजार, द्वितीयले दुई हजार, तृतीयले दुई हजार, क्वाटरफाइनलिष्टले एक हजार ५०० र प्रिक्वाटरफाइनलिष्टले एक हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?