प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

Read Time = 1 min

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उहाँलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?