प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको  प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा भने ३२ मत रहेको छ ।

कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त माननीय मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम २०७९ पुस २९ गते विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिनु भएको थियो ।
सोही अनुसार आज बसेको प्रदेश सभा बैठकमा कुल ९३ प्रदेश सभा सदस्य मध्ये मतदान गर्ने संख्या ९२, विश्वासको मतको पक्षमा ५९ र विपक्षमा ३२ मत प्राप्त भएको हो ।

एमाले संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरूले गरे पछि उहाँलाई ५९ मत प्राप्त भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?