‘विदेश बस्ने नेपालीको मन जित्ने गरी काम गर्छु’

Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले सोमबार ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा एनआरएनएकी कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरेका काम, सरकारतर्फबाट सम्बोधन भएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा ध्यानाकर्षण गराउनुभयो । एनआरएनए अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ अघि बढाउन देखापरेका कानुनी र व्यावहारिक कठिनाइबारे जानकारी गराउ“दै ती कठिनाइ तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका सिलसिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरूका परिवारलाई आर्थिक सहायतासहित पुनर्एकीकरणलगायतका विषयमा सरकारले पहलकदमी लिनुपर्ने अध्यक्ष केसीले माग गर्नुभयो । संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दा तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो । एकपटकको नेपाली सदैव नेपाली हुने भन्दै उहाँले विविध कारण अन्योलमा परेको नागरिकताको विषय छिटो टुंगो लगाउन आग्रह गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले विदेशमा रहेका लाखौं नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विदेशमा लाखौं नेपालीहरू छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका माग सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो इनिङ्समा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु ।’

प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारा सरकारले क्रमशः सच्याउ“दै आएको र आगामी दिनमा पनि कानुनी उल्झन पन्छाउने प्रयास जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईंहरूलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाल भत्काउनेछु ।’ विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पु¥याउन ठूलो भूमिका खेलेको भन्दै गैरआवासीय नेपालीप्रति आभार व्यक्त गर्नुभयो । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाल चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुसी व्यक्त गर्नुभएको एनआरएनएले जनाएको छ । सो अवसरमा पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, उपाध्यक्ष आरके शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, पूर्वसल्लाहकार टिबी कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसिसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजीवन सदस्य (युएसए) नारायण थापालगायतको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?