बालिकाको खातामा हलेसी तुवाचुङ नगरपालिकाको पैसा

बालिका अमृता राईकी आमा आयु राईलाई भौचर हस्तान्तरण गर्नुहुुँदै मेयर विमला राई ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको बालिका बचत कार्यक्रम अन्तर्गत ४६ जना बालिकाले पुरै किस्ता रकम पाएका छन् । जन्मेदेखि ३ वर्षसम्म बालिकाहरुले वर्षको ४/४ हजार पाउने नियम अनुसार १२/१२ हजारका दरले रकम पाएका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ बाट सुरु गरेको बालिका बचत कार्यक्रम अन्तर्गत सुरुवाती वर्ष, आर्थिक वर्ष २०७८-०७९ र चालू आर्थिक वर्ष २०७९-०८० मा ४/४ हजार गरी ४६ जना बालिकाको खातामा १२ हजारका दरले नगद जम्मा भएको महिला तथा बालबालिका शाखा संयोजक समिक्षा आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार आर्थिक वर्ष २०७७-०७८ र २०७८-०७९ मा गरी हालसम्म १३२ जना बालिकाले पहिलो र दोश्रो किस्ताको रकम(८/८ हजार) पाएका छन् । चालू आर्थिक वर्षमा १७ जना बालिकाले पहिलो किस्ता(३/३ हजार) रकम पाएका छन् ।

‘बालिका विकास बचत’ कार्यक्रममा प्रत्येक आर्थिक वर्षको साउनयता जन्मिएको बालिकाहरुलाई तीन वर्षसम्म वार्षिक चार हजारका दरले रकम प्रदान गरिने व्यवस्था छ । त्यसका लागि नगरपालिका र सालपा विकास बैंक हलेसीविच सम्झौता छ ।

सम्झौता अनुसार जन्मिएका बालिकाको नाममा सालपा विकास बैंकमा मुद्धती खाता खोलिनु पर्नेछ । बालिकाको आमा मात्रै हकवाला रहन पाईनेछ । बालिकाको मुद्धती खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकालेर प्रयोग गर्न सक्छिन् । यसबीचमा आमाबुबाले पनि छोरीको खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

बालिका विकास बचत कार्यक्रममा पर्नका लागि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, स्थानीय स्वास्थ्य संस्थाले नसकेको अवस्थामा कतै रिफर भई सुत्केरी गराएर जन्मिएको बालिकालाई यस कार्यक्रमले सहयोग गर्नेछ । लामो समय वाहिर बसेर आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा यो कार्यक्रम लागू हुँदैन ।

छोरीहरुको भविष्य राम्रो बनाउनमा नगरपालिकाले गरेको सहायताले आफूलाई खुशी लागेको राजापानीका बालिका अमृता राईकी आमा आयु राईले बताउनुभयो । छोरीको खातामा आमाबुबाले पनि पैसा जम्मा गरिने उहाँको भनाई छ ।

छोरीलाई गर्ने विभेदको अन्त्यका लागि तथा आमा र शिशुको स्वास्थ्यलाई जोखिमबाट मुक्त गर्न र लैङिगक विभेद अन्त्य गर्न बालिका विकास बचत कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?