देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङदेन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो । उहाँले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउनु भयो । उहाँले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भुमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ , उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु ।’

मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?