इसेवाको कार्यालय मधेश प्रदेशमा पनि

Read Time = 1 min

काठमाडौं । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै सबै प्रदेशमा क्षेत्रीय कार्यालय विस्तार भएका छन् । प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्षरूपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका र इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?