चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?