१५औँ वार्षिकोत्सवका अवसरमा इसेवाको अफर

Read Time = 2 mins

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा १५औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको कम्पनीले १४ वर्ष पार गरेको हो ।

पत्रकार सम्मेलन आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवासुविधा ल्याउने प्रतिबद्धतासमेत जनाएको छ । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भन्नुभयो, ‘हामी जहिले पनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ । आगामी दिनमा पनि अहिले भइरहेका सेवा थप परिस्कृत गर्दै वित्तीय सेवा सहज बनाई डिजिटल अर्थतन्त्र बलियो बनाउँदै लैजाने छौँ ।’ वार्षिकोत्सवका अवसरमा इसेवाले बुधबार हुने कारोबारमा विभिन्न अफर सञ्चालन गरेको थियो ।

कम्पनीका अनुसार १४ वर्षे अवधिमा इसेवामा प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ भने अप्रत्यक्षरूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत् सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ८५ हजार एजेन्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?