अफ्रिकी देशमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

Read Time = 3 mins

डाकार । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ ।

अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । अफ्रिकी देशहरूमा कृषिको विकास तथा यससम्बन्धी आयोजनाहरूको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उहाँले जानकारी दिनुभयो ।

डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभएको थियो सो रकम ती देशलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजना सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।

सो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो-अफ्रिकी देशहरू अहिले पनि आफ्ना उत्पादनहरूको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनुपरिरहेको छ र यो ठूलो दुर्भाग्य पनि हो ।

अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरूमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उहाँले सबै देशलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभएको थियो । डाकारमा बुधबार सुरु भएको सो सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोगभन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?