इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरो दयाहाङ

Read Time = 3 mins

काठमाडौं । विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगत्का सुपरस्टार दयाहाङ राईलाई ब्राण्ड हिरोमा आबद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगत्का महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसडरका रूपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध हुनुहुन्छ ।

राई इसेवा मनी ट्रान्सफरका युएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारसँग मिलेर सम्पन्न हुने विभिन्न मेरो डिजिटल देश अभियानका विभिन्न किसिमका प्रचार–प्रसारमूलक कार्यक्रममा सक्रियरूपमा सहभागी हुने कम्पनीले जनाएको छ । सो अवसरमा कलाकार राईले भन्नुभयो, ‘इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसँग आबद्ध हुन पाउँदा म एकदमै खुसी र उत्साहित पनि छु । विदेश गएर काम गर्दै आउनुभएका दाजुभाइ-दिदीबहिनीसँग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीका रूपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भन्नुभयो, ‘दयाहाङ राईको नेपालमात्र नभई युएई र संसारभर नै फ्यान फ्लोइङ एकदमै राम्रो रहेको छ, यो त उहाँको कामको प्रभावले नै हो र उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसडरका रूपमा आबद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ । आशा छ, उहाँको आगमनले हाम्रो यस कम्पनीलाई थप चर्चा र सफलताको शिखरमा पु¥याउनेछ र मेरो डिजिटल देश जस्तो काठमाडौँमा घर दिने अभियानलाई सार्थकता प्रदान गर्नेछ ।’ कम्पनीले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवद्र्धनका लागि उक्त अभियान सुरू गरेकोमा हालसम्म विदेशमा रहेका नेपालीको उत्साहजनक सहभागिता रहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?