काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
दिउँसो १२ बजे बस्ने बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचन, लगायत समसामयिक विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ ।
यसअघि आज स्थायी कमिटी बैठक बस्ने भनिए पनि बैठक बुधबारलाई सरेको छ । गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको