ल्युब आयलले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । पूर्वाञ्चल ल्युब आयलले सेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पुँजी पाँच करोड बराबरको पाँच लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

उक्त कार्यका लागि कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । पूर्वाञ्चल ल्युब आयल र प्रभु क्यापिटलबीच बुधबार भएको सम्झौतामा ल्युब आयलका प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।

रजिष्टर्ड कार्यालय सुन्दरहरैंचा-९ मोरङमा रहेको कम्पनीले विगत २३ वर्षदेखि पिएलओ ब्राण्डका ल्युब्रिकेन्ट उत्पादन गर्दै आएको छ भने उत्पादित ल्युब्रिकेन्ट नेपालभर ९० भन्दा बढी डिलर, पाँच हजारभन्दा बढी खुद्रा व्यापारीमार्फत् बिक्री गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?