पेस्तोल, गोली र तमसुकसहित जनकपुरमा एक जना मिटरब्याजी पक्राउ

Read Time = 1 min

जनकपुर । मिटर ब्याजको धन्दा गर्दै आर्थिक शोषण गर्ने दीलिप साह पक्राउ परेका छन् । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजबाट ठगी एवं शोषण गरेको उजुरी परेको थियो । उजुरीपछि उनलाई जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ मा रहेको आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट पुरानो पेस्तोल, गोली र तमसुकहरु पनि बरामद गरेको छ । उनको घर र पसलमा खानतलासी गर्दा पेस्तोसहित विभिन्न तमसुक फेला परेका हुन् । साहमाथि थप हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?