यस्तो छ तपाईंको माघ २३ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ माघ २३ गते सोमबार, ई.सं ६ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन कृष्णपक्ष प्रतिपदा, नक्षत्र- अश्लेषा, १४ः४७ बजे उप्रान्त मघा, योग- सौभाग्य, करण- वालव, चन्द्रराशि- कर्कट, सूर्योदयः ६ः५०, सूर्यास्तः १७ः४७ ।

मेष : अरूको हस्तक्षेपले काम रोकिन सक्छ ।

वृष : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

मिथुन : खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला ।

कर्कट : आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन् ।

सिंह : लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

कन्या : सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ ।

तुला : वादविवाद, थकान, आलस्य र अस्वस्थताले लक्ष्य प्राप्तिमा बाधा हुने देखिन्छ ।

वृश्चिक : बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला ।

धनु : भोगविलासका सामानसमेत प्राप्त हुनेछन् ।

मकर : राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ ।

कुम्भ : लगनशीलताले सम्मानित स्थान दिलाउनेछ ।

मीन : दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?