ध्वनि सम्पादक मनोज परियार सम्मानित

Read Time = 2 mins

काठमाडौं । ध्वनि सम्पादकका रूपमा नेपाली कला क्षेत्रमा आफूलाई अब्बल स्थानमा राख्दै आउनुभएका मनोज परियार सम्मानित हुनुभएको छ । नेपाली गीतसंगीतका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको मूल्यांकन गर्दै मनोजलाई एक्टिभ इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गरेको एक विशेष समारोहमा उपसभामुख इन्दिरा राना मगरले सम्मान गर्नुभएको हो ।

निर्देशक विजेन्द्र नौवागेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मनोजसँगै विभिन्न क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । एक्टिभ इन्टरटेनमेन्टले कलाकारहरूको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ ।

मनोज ध्वनि सम्पादक (साउण्ड इन्जिनियर)का रूपमा विसं २०७० सालदेखि निरन्तर यो क्षेत्रमा मनोजले आफ्ना क्रियशन पस्किँदै आउनुभएको छ । उहाँले सात सयभन्दा बढी गीतमा ध्वनि सम्पादन गरेको बताउनुहुन्छ । लमजुङको भोटेओडार–३ बल्चुग स्थायी घर भएका मनोज यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जना कर्ममा सक्रिय हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?