पहाड छिचोल्दै सडक सञ्जालसँग जोडियो मलम्पार (फोटोफिचर)

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कबाङको दुर्गम बस्ती मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो बर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यस बर्ष विस्तार गरि मलम्पार बस्तीमा पुर्याइएको हो ।

सडक निर्माणका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु १० लाख बजेटबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा अध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, मलम्पार पुगेको सडकलाई विस्तार गरि वडा नम्बर ६ मराङको बुल जोड्ने तयारी गरिएको छ ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब साढे १ घण्टाको बाटो २० मिनेटमै छोटिएको छ । करिब १५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँका स्थानीयबासीलाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न र सदरमुकाम र वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्नसमेत सहज भएको छ ।

मल्कबाङको दैडाँडादेखि साढे २ किलोमिटर सडक निर्माण भएपछि मलम्पार सडक सञ्जालले जोडिएको गाउँपालिकाको सव इन्जिनियर जनक धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार, मलम्पारदेखि वडा नम्बर ५ को बुल जोड्नका लागि धमाधम खडक निर्माणको काम भैरहेको छ ।

करिब ३ किलोमिटर दुरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्याक खन्न बाँकी छ । मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नम्बर ६ को मराङ–राम्चे–बुल हुँदै वडा नम्बर ५को मलम्पार–मल्कबाङ हुँदै मराङबेशी जोड्ने चक्रपथ निर्माण हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?